काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
आज दिउसो २ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा वर्षात्को कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढी लगायत अन्य सडकको अवस्था सम्बन्धमा र चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्था बारे छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज दिउसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
