सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ६ सयले घटेर तोलाको एक लाख ९६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३४० मा कारोबार भएको थियो ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-08-15