काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आणविक धम्की र ब्ल्याकमेलिङ नसहने बताएका छन् । भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा राजधानी दिल्लीको लाल किल्लाबाट सम्बोधन गर्दै मोदीले अब आणविक ब्ल्याकमेलिङ नसहने बताएका हुन् ।
मोदीले भने- ‘आज, मलाई लाल किल्लाबाट अपरेशन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको छ । हाम्रा बहादुर सिपाहीहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको दण्ड दिएका छन् । भारतले निर्णय गरेको छ, अब आणविक धम्की सहन गर्दैनौं । हामी अब ब्ल्याकमेलिङ सहन गर्दैनौं ।’
मोदीले बहादुर सिपाहीहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको दण्ड दिएको बताउदै भने- ‘जसरी आतंककारीहरूले सीमापारबाट आएर पहलगाममा मानिसहरूको नरसंहार गरे । मानिसहरूलाई उनीहरूको धर्म सोधेर मारियो । श्रीमानलाई उनकी श्रीमतीको अगाडि गोली हानी मारियो, बुबालाई उनका छोराछोरीको अगाडि मारियो ।’ उनले अपरेशन सिन्दूर क्रोधको अभिव्यक्ति भएको बताए ।
मोदीले सम्बोधनका क्रममा भारतलाई आत्मनिर्भर बनाउनेदेखि आफ्नै स्पेस स्टेसन बनाउने सम्मका विषयमा चर्चा गरेका थिए । उनले जलवायु परिवर्तनदेखि भारतमै तेलको भण्डार खोज्ने जस्ता काम गर्ने समेत बताए । उनले आफ्नो सम्बोधनमा अमेरिका र पाकिस्तानलाई समेत कडा सन्देश दिदै खुन र पानी एक साथ बग्न नसक्ने बताएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-15
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
