काठमाडौँ । पशुपति आर्यघाटमा शव दाह संस्कार स्थलमा हड्डी निकालेको आरोपमा संलग्न दुई जना पक्राउ परेका छन् । साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा शव जलाउने क्रममा जल्दै गरेको मृत शवबाट हड्डी निकाली अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको आरोपमा गणेश प्रसाद ढकाल भन्ने जिवनाथ ढकाल र बिनायक मैनालीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुलदिप चन्दले दुवैलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट सोमबार ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-12
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
