काठमाडौँ । भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी पक्राउ परेका छन् ।
बिहारमा मतदाता नामावली संशोधनको विरोधमा विपक्षी सांसदहरूले संसद भवनबाट निर्वाचन आयोग कार्यालयसम्म गरेको विरोध मार्चका क्रममा प्रहरीले गान्धीसहित विपक्षी नेताहरुलाई पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
विरोध गरिरहेका विपक्षी सांसदहरूलाई निर्वाचन आयोगको मुख्यालयतर्फ जानबाट रोक्न यातायात भवनमा प्रहरी ब्यारिकेड लगाइएको थियो । प्रहरीले यो मार्चको लागि विपक्षी सांसदहरूले कुनै अनुमति नलिएको बताएको छ । प्रहरीले रोकेपछि अखिलेश यादव, महुआ मोइत्रा लगायत धेरै सांसदहरूले ब्यारिकेड चढ्ने प्रयास गरेका थिए । केही सांसदहरू ब्यारिकेड हाम फालेर सडकको बीचमा धर्नामा बसे। प्रहरीले प्रदर्शनकारी सांसदहरूलाई सम्झाउने प्रयास गरे पनि सांसदहरूले बाटोबाट हट्न अस्वीकार गरेपछि राहुल-प्रियंका गान्धी लगायत सबै नेताहरूलाई प्रहरीले हिरासतमा लिएको थियो ।
पक्राउ परेका नेताहरुलाई नजिकैको प्रहरी चौकीमा लगिएको बताइएको छ । प्रहरीले निर्वाचन आयोगमा जान ३० जना सांसदले अनुमति लिएको भए पनि प्रदर्शन नै गरेपछि पक्राउ गरेको बताएको छ ।
विहारमा ठुलो संख्यामा मतदाताको नाम काटिएको र नयाँ मतदाता थपिएको भन्दै अहिले विपक्षी दलहरुले कडा प्रतिक्रिया जनाइरहेका छन् । बिहारमा आउदो नोभेम्बरमा विधान सभाको तयारी चलिरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-11
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
