काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताएका छन् ।
यसअघि बेलायत, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बारेमा कुरा गरेका छन् ।
अल्बानीजले प्यालेस्टाइन प्राधिकरण (पीए) ले अष्ट्रेलियासँग केही वाचा गरेको छ, जसमा सेना र हतियार घटाउने, आम चुनाव गर्ने र इजरायलको अस्तित्वलाई मान्यता दिने समावेश रहेको बताएका छन् ।
उनले सोमबार भने- ‘दुई देशलाई मान्यता दिनु भनेको मध्यपूर्वमा हिंसा अन्त्य गर्ने र गाजामा द्वन्द्व, पीडा र भोकमरी अन्त्य गर्ने मानवताको सबैभन्दा राम्रो आशा मध्ये एक समाधान हो ।’
यसैबीच, गाजामा युद्धविरामको लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु ‘आतंकवादलाई पुरस्कृत गर्नु’ जस्तै भएको बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-11
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
