काठमाडौँ । गाजाको अल-शिफा अस्पताल नजिकै इजरायली आक्रमणमा अल जजीराले आफ्ना दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको बताएको छ ।
अल जजीराका अनुसार, इजरायली आक्रमणको समयमा, संवाददाता मोहम्मद कुरेकी, क्यामेरापर्सन इब्राहिम जहिरमोआमेन अलिवा र मोहम्मद नौफल अस्पतालको मुख्य ढोकामा पत्रकारहरूका लागि बनाइएको पालमा थिए ।
त्यसअघि गाजामै भएको अर्को आक्रमणमा अल जजिराका अरबिक संवाददाता अल शरिफको पनि मृत्यु भएको थियो ।
करिब दुई हप्ता अघि, अल जजीराले इजरायल रक्षा बल (आइडिएफ) को निन्दा गर्दै गाजामा अल-शरीफ लगायतका आफ्ना पत्रकारहरूविरुद्ध चलाइएको अभियान ‘उत्तेजनाको अभियान’ भएको बताएको थियो ।
आक्रमणको केही समय पछि, आइडिएफले अनस अल-शरीफमाथि आक्रमण गरेको पुष्टि गरेको छ । आइडिएफले उनीहरुले हमासको आतंकवादी सेलको प्रमुखको रूपमा काम गरिरहेको बताएको छ ।
आइडिएफले आक्रमणमा मारिएका अन्य कुनै पत्रकारको उल्लेख गरेको छैन । अल जजीराका प्रबन्ध सम्पादक मोहम्मद मोआदले अल-शरीफ गाजा भित्र संसारलाई समाचार रिपोर्ट गर्ने एकमात्र आवाज भएको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-11
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
