काठमाडौँ । इजरायलले गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ । शुक्रबार बसेको इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको हो ।
मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेको इजरायली मिडियाहरुले उल्लेख गरेका छन् । यस योजना अनुसार इजराली सेनाले युद्ध क्षेत्र बाहिरका नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्दै गाजाको नियन्त्रण लिन तयारी गर्ने बताइएको छ ।
इजरायलले प्रमुख रुपमा हमासको निशस्त्रीकरण, सबै बन्धकहरूको फिर्ता, गाजाको निशस्त्रीकरण, गाजामा इजरायलको सुरक्षा नियन्त्रण हमास र प्यालेस्टिनी प्राधिकरण-मुक्त वैकल्पिक नागरिक सरकारलाई प्राथमिकता दिएर आगामी कारवाही गर्ने बताएको छ ।
यस अघि प्रधानमन्त्री नेतान्याहूले एक अन्तर्वार्तामा गाजामा नियन्त्रण चाहेको बताउदै गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहेको बताएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
