काठमाडौं । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । त्यस्तै संसदको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछ ।
आज दिउसो १ बजे देखि बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसदहरु र बिज्ञहरुसँग छलफलको कार्यसूची रहेको छ । त्यस्तै दिउसो १२:१५ बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान ९ बजेदेखि शुरु हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी आज बिहान ११ बजेदेखि शुरु हुने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ९ः १५ बजेदेखि शुरु हुने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-08
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
