विराटनगर । मोरङको कटहरी गाउँपालिकामा रङ्गेली सडक हुलाकी राजमार्गमा आम जनताले सडकमा धन रोपेका छन् ।
वर्षौँदेखि निर्माणाधीन हुलाकी राजमार्गको काम अलपत्र परेपछि मोरङको कटहरी गाउँपालिकाका बासिन्दाले सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन्।
६ वर्षमा केवल २७ प्रतिशत मात्र काम भएको र वर्षायाममा हिलाम्मे र खाल्डाखुल्डीले भरिएको सडकमा बिहीबार सांकेतिक रूपमा रोपाइँ गरी स्थानीयले आफ्नो आक्रोश पोखेका हुन् ।
कटहरी गाउँपालिका-३ स्थित कटहरी चोकमा बिहान स्थानीयहरूले एक घण्टा सडक अवरुद्ध गरी विरोध कार्यक्रम गरेका थिए । स्थानीयले आफुहरुले स्थानीय सरकारलाई पटक पटक भन्दा पनि सडकको मर्मत नगरेको भन्दै आफुहरुले प्रशासनको ध्यानकेन्द्रित गर्न विरोधस्वरूप धान रोपेको बताएका छन् ।
अहिले सडकमा पैदल हिड्न समेत गार्हो भएको भन्दै स्थानीय सरकारले पनि सडक मर्मत नगरेकोमा आक्रोशित भएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
