काठमाडौँ । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) का सभापति रबि लामिछानेलाई भेट गरेका छन् ।
लुम्बिनी प्रदेश स्तरीय दुई दिने बिस्तारित बैठकमा भाग लिन जाने क्रममा आज डा. भट्टराईले आज भैरहवा कारागार पुगेर लामिछानेलाई भेट गरेका हुन् । भेटपछि डा. भट्टराईले कारागार बाहिर बसेर मुद्धा लड्न पाउनु पर्ने व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने- अहिले न्यायिक हिरासतमा उहाँ हो, उहाँ जस्तो मान्छेलाई अदालतले नै ब्याख्या गरेकाले म टिप्पणी गर्न चाहन्छ । कोहि मान्छे भाग्छकी भनेर न्यायिक हिरासतमा राख्ने हो । तर राजनीतिक जनताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर पनि सुख पाउदैन । जमानतमा बाहिर रहेर मुद्धा फेस गर्नुपर्ने यो व्यवस्था गर्नुपर्छ भन्ने हो ।’
डा. भट्टराईले मुद्धाको कुरा अदालतले आफ्नो निर्णय गर्ने बताउदै आफु मानवीय हिसाबले र वैकल्पिक शक्तिको हिसाबले आफु भेट्न आएको बताए । उनले सांसद वा जनप्रतिनिधिलाई थुनामा राख्न नहुने बताउदै कि त पद खारेज गर्नुपर्छ की जमानतमा बाहिर बसेर मुद्धा लड्न दिनुपर्ने बताए । डा. भट्टराईले लामिछानेलाई पत्रपत्रिका पढ्न नदिएको आफुले पाएको र उनलाई एक्लै राखेको बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
