काठमाडौँ । दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जल्स फुटबल क्लबमा आवद्ध भएका छन् ।
सन प्रिमियर लिग क्लब टोटनह्याम छोडेर अमेरिकन लिगमा पुगेका हुन् । लस एन्जल्सले सनलाई २६.५ मिलियन डलरमा टोटनह्यामबाट किनेको हो । सनले लस एन्जल्ससँग २०२७ सम्मको सम्झौता गरेका छन् भने उनी थप दुई बर्ष सम्झौता नवीकरण गर्न सक्ने विकल्पमा सहमत भएका छन् ।
सन २०१५ मा जर्मनी क्लब बायर लिभरकुसनबाट टोटनह्याम आएका थिए । ३३ बर्षिय सनले टोटनह्यामका लागि अहिलेसम्म ४५४ खेल खेल्दै १७३ गोल गरेका छन् । उनले टोटनह्याममा २०२४-२५ को युरोपा लिग जितेका थिए भने २०१८-१९ को च्याम्पियन्स लिगको उपविजेता बनेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-07
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
