काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनैपनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत भएको बताएका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको उल्लेख गर्दै यसलाई तत्काल रोकिनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्-
कुनै पनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु सर्वथा अनुचित र गलत हो। सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको छ। यो कार्य तत्काल रोकिनुपर्दछ।
सनातन संस्कृतिमा विवाह एक पवित्र बन्धन र संस्था हो। यो मान्यतालाई विकृत तुल्याउने गरी विगतमा समेत अनेक प्रपञ्चहरु रचिएका छन् ।बाह्य शक्तिहरूको उक्साहटमा सनातन धर्म संस्कृति र परम्परालाई कमजोर बनाउने षड्यन्त्र अनुरुप विवाहको पवित्र स्वरूपलाई समेत विकृत तुल्याउने कार्यहरू हुनु दुर्भाग्यपूर्ण छ। यसतर्फ समयमै सचेत रहन सबैमा आग्रह गर्दछु।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-07
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
