काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको विषयमा अझै धेरै कुरा हुन बाँकी रहेको टिप्पणी गरेका छन् ।
भारतमाथि २५ प्रतिशत थप कर लगाउने घोषणा गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै ट्रम्पले भारतमाथि अन्य प्रतिबन्ध लगाउने संकेत गरेका हुन् ।
ह्वाइट हाउसको पत्रकार सम्मेलनमा, ट्रम्पलाई सोधिएको थियो, चीन लगायत धेरै देशहरूले रूसबाट तेल किनिरहेका छन्, त्यसो भए भारतलाई किन निशाना बनाइँदैछ ? यसको जवाफमा ट्रम्पले भने, ‘केवल ८ घण्टा भएको छ । हेरौं अब के हुन्छ । तपाईंले धेरै कुराहरू हेर्न पाउनुहुनेछ । धेरै थप प्रतिबन्धहरू पनि देख्न सकिन्छ ।’
ट्रम्पले चीनमाथि पनि थप कर लगाउने कुनै योजना छ ? भन्ने प्रश्नको जवाफमा यो हुन सक्ने बताएका छन् ।
अर्कोतर्फ भारतले अमेरिकाले भारतमाथि थप कर लगाउने निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिकाले हालैका दिनहरूमा भारतको रूसबाट तेल आयातलाई लक्षित गरेको आरोप लगाउदै थप शुल्क लगाउने निर्णय गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ । विदेश मन्त्रालयले भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने स्पष्ट गरेको छ ।
यसअघि ट्रम्पले बुधबार साँझ एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै भारत सरकारले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रूसबाट तेल आयात गरिरहेकोले थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यसअघि, उनले जुलाई ३० मा भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । अब अमेरिकाले भारतमाथि जम्मा ५० प्रतिशत कर लगाउने भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-07
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
