काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समीर बलामीले एक विज्ञाप्ति प्रकाशित गरि रातो चन्द्र सूर्य डटकमका अध्यक्ष वरिष्ठ पत्रकार हरिगोपाल प्रधान र आर्थिक सञ्जाल डटकमका अध्यक्ष तथा वरिष्ठ पत्रकार निरज रञ्जितलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को विधान २०७२ (संशोधन २०८०) को दफा १४ को उपदफा ९ अनुसार, अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा गत साउन १६ गते सम्पन्न सचिवालय बैठकद्वारा महासंघको प्रकाशन तथा सञ्चार विभागको सदस्यमा मनोनयन गरिएको जनाएको छ ।

विगत चार दशकदेखि सकृय रुपमा पत्रकारिता गर्दै आउनुभएका हरि गोपाल प्रधान र विगत तीन दशकदेखि सकृय रूपमा पत्रकारिता गर्दै आउनुभएका रञ्जित आर्थिक, प्रशासनिक, राजनीतिक र कुटनैतिक धारमा केन्द्रित रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।
दुवै जनालाई फोनिजले प्रकाशन तथा सञ्चार विभाग जस्तो महत्वपूर्ण जिम्मेवारीमा मनोनित हनुभएकोमा फोनिज परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गरेको छ।
फोनिजको उद्देश्य, पहिचान, समावेशिता,आदिवासी जनजाति आन्दोलन, मूल्य–मान्यता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको समुन्नत विकासमा उहाँको सकृय नेतृत्व र प्रभावकारी भूमिका निर्वाह हुने विश्वास पनि लिएको छ ।
(फोनिज) का महासचिव समीर बलामीले साउन १९ गते एक विज्ञाप्ति प्रकाशित गरि रञ्जित र प्रधानलाई प्रकाशन तथा सञ्चार विभागको सदस्यमा मनोनयन गरिएको जानकारी दिएको हो ।
फोनिजको विधान २०७२ (संशोधन २०८०) को दफा १४ को उपदफा ९ अनुसार, अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा गत साउन १६ गते सम्पन्न सचिवालय बैठकले रञ्जित र प्रधानलाई उक्त विभागको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
प्रधान विगत चार दशकदेखि र रञ्जित तीन दशकदेखि सकृय रूपमा पत्रकारिता गर्दै आउनु भएका दुवैजना आर्थिक, प्रशासनिक, राजनीतिक र कुटनैतिक धारमा केन्द्रित रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।
फोनिज परिवारले दुवै जनालाई बधाई तथा शुभकामना दिएका छन् । साथै फोनिजको उद्देश्य, पहिचान, समावेशिता,आदिवासी जनजाति आन्दोलन, मूल्य–मान्यता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको समुन्नत विकासमा सकृय नेतृत्व र प्रभावकारी भूमिका निर्वाह हुने विश्वास पनि लिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
