अमेरिका । तनहुँको आँबुखैरेनीकी दिया श्रेष्ठले अमेरिकाको न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका–२०२५ को उपाधि चुम्न सफल भएकी छन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् ।
उपाधि चुमेसँगै श्रेष्ठले नेपालमा हुने मिस नेपाल–२०२५ मा सिधै प्रवेश पाएकी छन् । ग्राण्ड फिनालेमा हाल न्यूयोर्क निवासी श्रेष्ठले ८औँ संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन् ।
टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भएकी थिइन् ।
पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ जजको रूपमा थिए । आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिए ।
तस्विरहरुः







रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-06
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
