काठमाडौँ । भारतको उत्तराखण्डको धरालीमा बादल फुटेको घटनापछि राहत र उद्धार कार्य जारी छ ।
राहत र उद्धारमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र भारतीय सेनाका टोलीहरू सामेल रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
विपद् नियन्त्रण कक्षबाट पनि स्थितिको निरन्तर निगरानी भइरहेको छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरबाट घटनास्थलको हवाई सर्वेक्षण गरेका छन् ।
एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भने अनुसार अहिलेसम्म १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै अहिलेसम्म चार जनाको मृत्यु भएको छ र १०० भन्दा बढी व्यक्ति हताहत, बेपत्ता हुन सक्ने आंकलन रहेको उनले बताएका छन् । यद्यपि स्थानीय प्रशासनले अहिलेसम्म कति बेपत्ता छन् भन्ने पुष्टि हुन नसकेको बताएको छ ।
मंगलबार दिउसो उत्तरकाशीको खीरगंगा नदीमा बादल फाटेपछि अचानक आएको बाढीले धराली बजार बगाएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-06
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
