काठमाडौं। नेपाल क्यान्सर निवारण प्रतिष्ठान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संयुक्त आयोजनामा ‘स्तन, पाठेघरको मुख र प्रोस्टेट क्यान्सर सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा व्रेस्ट क्यान्सर सर्जन डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सर, क्लिनिकल अन्कोलोजिस्ट डा. रजनी झाले पाठेघरको मुखको क्यान्सर र युरो अन्कोलोजिस्ट डा. इशान मल्लले प्रोस्टेट क्यान्सरसम्बन्धी प्रस्तुति दिंदै सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेका थिए।
कार्यक्रमको उदघाटन सत्रमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महिलाहरू अझै पनि आफ्नो स्वास्थ्य समस्या लुकाउने प्रवृत्ति रहेको उल्लेख गर्दै समयमै स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताइन् साथै क्यान्सर लागिसकेपछि आर्थिक, मानसिक र पारिवारिक भार हुने भन्दै क्यान्सर लाग्नै नदिनको लागि जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।
डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सरबारे भ्रम र तथ्यबारे जानकारी दिँदै यस्तो घाउ सामान्यतः नदुख्ने हुँदा धेरै महिला ढिलो गरेर मात्र अस्पताल आउने बताए । स्तनमा गिर्खा देखिनु क्यान्सरको सम्भावित लक्षण भए पनि सबै गिर्खा क्यान्सर नै नहुने भन्दै परीक्षणपछि मात्र निश्चित गर्न सकिने बताए।
डा. रजनी झाले नेपालमा प्रत्येक वर्ष २,५०० देखि ३,००० महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने जानकारी दिइन् । उनले यस रोगबाट जोगिन जोखिमबारे सचेतना, नियमित परीक्षण र खोप लगाउनु आवश्यक रहेको बताइन् । किशोरीहरूलाई दिइने एचपीभी खोप महिनावारी नसकेको सबै महिलाले लगाउन सकिने जानकारी समेत दिइन्।
त्यसैगरी, डा. इशान मल्लले प्रोस्टेट क्यान्सरसम्बन्धी जानकारी दिँदै ५० वर्ष नाघेका पुरुषहरूले नियमित परीक्षण गरेमा समयमै रोगको पहिचान र नियन्त्रण गर्न सकिने बताए।
कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, वरिष्ठ उपाध्यक्ष तथा सञ्चारकर्मी–गायक निर्णय श्रेष्ठ, उपाध्यक्ष सागर कटवाल, समाजसेवी एवं न्हू गठीका अध्यक्ष सुर बहादर श्रेष्ठ र गायिका तथा क्यान्सर विजेता देविका बन्दना लगायतको उपस्थिति र सम्बोधन रहेको थियो भने ७० भन्दा बढी संचारकर्मीहरु जसमध्ये आमिर लामा, अन्जना देवी बज्राचार्य, छोरीमैया श्रेष्ठ, दुर्गा खड्का, जुना श्रेष्ठ, लोमेस चापागाई, मिलन भण्डारी, पद्यसागर कक्षपति, पूर्णिमा शाक्य, रेजिना तुलाधर, श्याम बहादुर, सिर्जना कार्की, सिर्जना दुवाल, एन्जल राई, अर्जुन बहादुर तामाङ, अस्मिता साह, भगवती तिमल्सीना, बुढि कटेल खत्री, बुनु थारु, दिपेन्द्र मजर्हन, जगत नारायण महर्जन, जनार्दन अर्याल, ज्योति अधिकारी, कृष्ण महर्जन, लक्ष्मी चौलागाई, लक्ष्मी खतिवडा, लक्ष्मी श्रेष्ठ, निरज रञ्जीत,प्रदीप कुमार श्रेष्ठ, प्रदीप राज वन्त, प्रादी शाक्य, प्रज्ञा तिमल्सीना, प्रकाश बस्याल, प्रकाश शाक्य, प्रतिक्षा श्रेष्ठ, राधा ढुंगाना, राधा कृष्ण श्रेष्ठ, राजाराम फुयाँल, सानी मेयोङबी, संगीता खनाल,सरोज ढुंगेल, सेरिका थापा,शान्ति शर्मा, सुदीना श्रेष्ठ, सुमित्रा लुँईतेल, सुर बहादुर श्रेष्ठ, सुरज राज बज्राचार्य, सुशील कुमार श्रेष्ठ, त्रिगुना भट्टराई, उपासना घिमिरे, मिन रत्न बज्राचार्य, सुमित थापा, सुवास खड्का, डा. रजनी झा, दिनेश शाक्य, सम्रात थापा, राजु राजेन्द्र बज्राचार्य, निर्मला विष्ट, सचिन चौमरिया, मानिक रत्न शाक्य, आरती पौडेल, शिला थापा, श्याम राना मगर, दिगम्बर राजधानी, प्रकृति दाहाल, भिम बहादुर लामा, सुमित्रा सिंह, इन्दसारा खड्का, कुसुम लाल श्रेष्ठ, सिर्जना खत्री, रुपा महर्जन, सुरज शाक्य, शिवहरि घिमिरे, रत्नमणी दाहाल, उपेन्द्र खड्का, चाँदनी लामा, कविता थापा, स्वप्नील श्रेष्ठ, भिम पौडेल, श्री कृष्ण सुवेदी, दिपा सुमार, हरिस लामा लगायतको सहभागिता रहेको थियो।
त्यस्तै कार्यक्रममा काठमाडौं क्यान्सर केन्टर, करुणा सिटी क्लिनिक लगायतको सहयोग रहेको थियो ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्षले मिडियाका साथीहरुलाई क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रममा वरिष्ठ डाक्टरहरु मार्फत अन्तरक्रिया गराउन पाउँदा ज्यादै खुशी लागेको व्यक्त गर्नुभएको छ ।
यस प्रतिष्ठानबाट विभिन्न स्थानहरुमा समय समयमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु तथा स्वास्थ्य शिविरहरु संचालन गर्र्दै आएको कुरा यहाँहरुलाई जानकारी गराएका थिए ।
नेपालमा नै उत्कृष्ट ऋबलअभच म्यअतयच हरु तथा स्वास्थ्य सेवा भएको कुरामा हामी जानकार नै छौं । यसमा सरकारबाट थोरै मात्र सहयोग भएमा नेपालमा नै नेपालीलाई मात्र नभई विदेशीहरुलाई समेत हामी ऋबलअभच को उपचार गराउन सक्दछौं र नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई विदेशमा गई उपचार गर्न नपर्ने वातावरण बनाउन सक्दछौ भने हाल नेपाल सरकारबाट १–२ लाखको सहुलियत मात्रले बिरामीलाई आर्थिक भार बढी परिरहेकोले ५ लाखसम्म सरकारबाट सहुलियत दिएमा आर्थिक स्थिति कमजोर भएका विरामीलाई केही राहत मिल्ने का साथै नेपाल सरकारले क्यान्सर बिरामीहरुको लागि उपचारमा ५ लाख सम्म उपलब्ध गराईदिएमा विदेशमा गई उपचार गर्नेहरुको सँख्या कम हुने हुँदा क्यान्सर विरामीहरुलाई ५ लाख सम्म उपचार खर्च सरकारले नै व्यर्होनु पर्ने गरी अध्यक्ष प्रधानले जोड गर्नुभयो ।
सो कार्यक्रम प्रतिष्ठानका कार्यक्रम प्रमुख सुदिना श्रेष्ठले संचालन गरेकी थिइन् ।














रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-04
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
