काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुर नगरपालिका डम्मर बहादुर बुढाथोकीलाई घुस लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ ।
अख्तियारले नेपाल सरकार प्रतिवादी रतन बहादुर जिसीसमेत भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरिएका डम्मर बहादुर बुढाथोकीले प्रतिकूल हुने गरी बकपत्र गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको हो ।
अख्तियारले डम्मर बहादुर बुढाथोकीले नियमानुसार जग्गाको मोठ भिडाउन सहजीकरण गरीदिनको लागि मिलेमतोमा प्रतिवादीहरु शान्ति पुन (बिचौलिया), खरिदारद्वय रतन बहादुर जि.सी., हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारीलाई नगद २० हजार घुस दिएको पुष्टि भएको मुद्धामा प्रतिकूल बकपत्र गरेको आरोपमा २० हजार नै बिगो तोकेर मुद्धा दायर गरेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
