काठमाडौँ । चीनले रोबोटिक्स र एआईको दुनियाँमा द्रुत गतिमा प्रगति गरिरहेको छ । हालै चीनको एक मानवनिर्मित रोबोटले कारको ढोका खोल्ने जस्तो उपलब्धि हासिल गरेको छ । त्यसैगरी एक एआई रोबोटलाई चार वर्षे डक्टरेट (पीएचडी) कार्यक्रमको लागि छनोट गरिएको छ । यो पहिलो पटक हो, जब कुनै रोबोटले पीएचडी गर्दैछ । कतिपयले भविष्यमा रोबोटले विद्यार्थीहरूलाई प्रतिस्थापन गर्ने पनि विश्वास गर्छन् ।
पीएचडी कार्यक्रमको लागि छनोट गरिएको चिनियाँ एआई रोबोटको नाम ‘जुएबा ०१’ राखिएको छ । विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलनको क्रममा जुएबालाई डक्टरेट गर्न छनोट गरिएको थियो । यसले अर्को चार वर्षसम्म सांघाई थिएटर एकेडेमीमा पीएचडी गर्ने चिनियाँ मिडिया चाइना साउथ मोर्निंग पोष्टले उल्लेख गरेको छ । रोबोट तयार पार्न सांघाई विज्ञान तथा प्रविधि विश्वविद्यालय र ड्रोइडअप रोबोटिक्सको भूमिका छ । जुएबाले चिनियाँ ओपेरामा अनुसन्धान गर्ने बताइएको छ । यो रोबोटले भर्चुअल विद्यार्थी आईडी पनि पाएको छ । पीएचडीमा जुएबाको सल्लाहकार प्रसिद्ध कलाकार र प्रोफेसर याङ क्विङकिङ हुनेछन् ।
जुएबा एक मानवोदित रोबोट हो, यो मानव जस्तै देखिन्छ । यसको छाला सिलिकनबाट बनेको छ, यसको अनुहारको भाव पनि मानिस जस्तै छ । रोबोटको लम्बाइ लगभग १.७५ छ, जबकि यसको तौल लगभग ३० किलोग्राम छ । यो रोबोट मानिसहरूसँग अन्तर्क्रिया गर्न पनि सहज रुपमा सक्छ । यो रोबोट यस वर्ष सेप्टेम्बर १४ बाट क्याम्पसमा प्रवेश गर्ने बताइएको छ । पहिले यो कलेजमा प्रशासकलाई रिपोर्ट गर्नेछ, पछि यो बाँकी विद्यार्थीहरूसँग कक्षाहरूमा भाग लिनेछ ।
यो रोबोटले चार वर्षसम्म अन्य विषयहरूसँगै चीनको परम्परागत चिनियाँ ओपेरा अध्ययन गर्नेछ । यसले स्टेज प्रदर्शन, स्क्रिप्ट लेखन र सेट डिजाइन जस्ता कला विषयहरू पनि अध्ययन गर्ने बताइएको छ । यसले गति नियन्त्रण र भाषा उत्पादन जस्ता प्राविधिक विषयहरू पनि सिक्नेछ । यो रोबोटले अन्य विद्यार्थीहरूसँग ओपेरा अभ्यास पनि गर्ने जानकारी दिइएको छ ।
कुनै पनि रोबोटको एल्गोरिथ्मले बनाएका चीजहरूले अरू मानिसहरूलाई भावनात्मक रूपमा छुन सक्दैनन् भन्ने विश्लेषण भइरहेका बेला मानिसहरूले यसलाई प्रविधिको प्रगतिको रूपमा पनि हेरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-03
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
