काठमाडौँ । विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताह मनाउन लागिएको हो ।
सन् १९९२ देखि प्रत्येक वर्ष अगस्ट १ तारिखदेखि मनाउँदैं आएको विश्व स्तनपान दिवस १ अगष्टबाट एक हप्तासम्म मनाइन्छ । विश्वभरका विभिन्न देशहरुजस्तै नेपालले पनि विगत लामो समयदेखि यो दिवसलाई आत्मसात गर्दै सोही अनुरुप विभिन्न कार्यक्रम गरेर मनाइदैं आएको हो ।
विश्व स्तनपान सप्ताह २०२५ को नारा ‘स्तनपानलाई प्राथमिकता दिनुहोस् दिगो सहयोग प्रणाली सिर्जना गर्नुहोस्’ भन्ने रहेको छ । बालबालिकाको जीवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाइने गाइभैसीको दुध तथा बजारमा पाइने बट्टाको दुधबाट नपाइने भएकाले यस सम्बन्धी सचेतना जगाउन सप्ताहको मूल उद्देश्य हुने जनाइएको छ ।
सरकारले स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न तथा सबै प्रकारका कुपोषण न्युनीकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहहरुमा स्तनपान कक्षको स्थापना समेत गरिएको छ । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन र आमालाई प्रेरित गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन९डब्ल्यूएचओ० र युनिसेफको सहाकर्यमा हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ ।
भर्खरै जन्मेको शिशुको लागि आमाको दूध नै सबथोक हुन्छ । शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको जन्मसिद्ध अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई पनि हुन्छ । सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ ।
तर यो बिगौती दूधलाई फोहोर दूध भनेर धेरैले फाल्ने पनि गरेका छन् । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टा भित्र स्तनपान सुरु गरिसक्नु पर्ने र छोटो–छोटो अवधिमा आमाको दूध खुवाउनु बच्चाको लागि अतिउत्तम हुने स्त्रीरोग विशेषज्ञहरु बताउँछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
