काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ भने डिजल र हवाई इन्धनको मुल्य बढाएको छ । निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।
जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.८७ रुपैयाँ घटेर आएको र डिजलमा ३.५ रुपैयाँ बढेर आएको जानकारी दिएको छ । मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १५० भएको निगमले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
