काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साउन १५ अर्थात खीर खाने दिनको अवसरमा सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्– ‘आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ १ सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् ‘
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-31
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
