
काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका दुई र राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
त्यस्तै राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आज दिउसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना समबन्धि सुझावको मस्यौदामाथि छलफल हुने कार्यसूची छ भने नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक २०८१ को दफावार छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी विहान साढे ११ बजेदेखि शुरु हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमि व्यवस्था, सहकारी निवारण मान्त्रालयका माननीय मन्त्री, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरुसँग छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मधेश प्रदेश लगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधानको लागि मन्त्रालयबाट भएका कामकारवाही वारेमा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी दिउसो १ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
Sudina Shrestha
प्रकाशित: १६ श्रावण २०८२, बिहीबार ०८:४९