एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल मार्फत भारतले रूसबाट हतियार र तेल किनिरहेको कारण २५ प्रतिशत करसहित जरिवाना पनि लगाउने बताएका छन् । ट्रम्पले अमेरिकासँग भारतको व्यापार घाटा धेरै उच्च रहेकोले उनीहरूले भारतीय सामानहरूमा कर लगाइने बताए ।
ट्रम्पले भनेका छन्– ‘भारत अमेरिकाको मित्र हो, तर पछिल्ला केही वर्षहरूमा अमेरिकाले भारतसँग कम व्यापार गरेको छ किनभने यसको कर धेरै उच्च छ । वास्तवमा, भारतका धेरै नीतिहरूले अमेरिकी कम्पनीहरूलाई व्यापार गर्न कठिनाइहरू सिर्जना गर्छन् । त्यस्तै भारतले अझै पनि आफ्नो अधिकांश हतियार रुसबाट किन्छ । यति मात्र होइन, भारतले चीनसँगै ठूलो मात्रामा तेल र ग्यास पनि रुसबाट किन्छ, जबकि सारा विश्व रुसले युक्रेनमा हिंसा रोक्न चाहन्छ । यी सबै कारणहरूले गर्दा, अब अमेरिकाले अगस्ट १ देखि भारतबाट आउने सामानहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । यस बाहेक जरिवाना पनि लगाइनेछ ।’
यसैबीच अमेरिकी अधिकारीहरू द्विपक्षीय व्यापार सम्झौतामा छैटौं चरणको वार्ताको लागि अगस्ट २५ मा भारत आउने बताइएको छ । दुवै देशहरू सेप्टेम्बर(अक्टोबरसम्ममा व्यापार सम्झौताको पहिलो चरण पूरा गर्न काम गरिरहेका छन् । यसका साथै, अन्तरिम व्यापार सम्झौताको सम्भावना पनि खोजी भइरहेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-31
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
