काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनि छेन्दु जियान फुड कम्पनीले नेपालमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण-४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको उल्लेख गरेका छन् ।
उनले उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘गत मंसीरमा मेरो चीन भ्रमणमा भएको सम्झौता अनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण-४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ । उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्ने छ । यस उद्योगले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्नेछ । निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्वपूर्ण हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-29
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
