काठमाडौँ । इङल्याण्डले महिला युरो कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा इङल्याण्डले स्पेनलाई पेनाल्टी सुट आउटमा स्पेनलाई ३–१ गोल अन्तरले पराजित गर्दै युरो कप जितेको हो ।
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
योसंगै इङल्याण्डले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको छ । त्यस्तै विश्वकप जितिसकेको स्पेनले भने अहिलेसम्म युरो कपको उपाधि भने जित्न सकेको छैन । महिला युरोकपको उपाधि सबै भन्दा बढी जर्मनीले ८ पटक जितेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
