काठमाडौँ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको मनसा देवी मन्दिरमा भागदौड भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भागदौडको ३० जनाभन्दा बढी घाइते भएको र घटनाको विस्तृत विवरण आउनेक्रममा रहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुख व्यक्त गर्दै भनेका छन्- ‘हरिद्वारको मनसा देवी मन्दिरमा भएको भागदौडको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । उत्तराखण्ड एसडीआरएफ, स्थानीय प्रहरी र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र राहत र उद्धार कार्यमा संलग्न छन् । म यस सम्बन्धमा स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर निगरानी भइरहेको छ। म सबै भक्तजनहरूको सुरक्षाको लागि प्रार्थना गर्दछु ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
