चितवन । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले आइतबारका लागि लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । तालिका सार्वजनिक भएसँगै लोडसेडिङको सुरु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
केन्द्रले विद्युत् माग अत्यधिक बढेका कारण नियन्त्रित लोड व्यवस्थापन गर्नुपर्ने अवस्था आएको भन्दै सूचनामार्फत ३-३ घण्टाको गरि कुल ६ घण्टा विद्युत् कटौती हुने जानकारी दिएको छ ।
जस अनुसार नारायणी-माडी फिडरमा बिहान ६ बजेदेखि ९ बजेसम्म, दिउसो ३ बजेदेखि ६ बजेसम्म विद्युत जाने छ । त्यस्तै मेघौली विजयनगर फिडर क्षेत्रमा बिहान ९ बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि राति ९ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । त्यसैगरी जगतपुर रामपुर फिडर क्षेत्रमा दिउसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ९ बजेदेखि १२ बजेसम्म विद्युत बन्द हुने भएको छ ।
प्राधिकरणका अनुसार भरतपुरस्थित १३२/३३ के.भी. सब स्टेशनबाट आउने ३३ के.भी. डग कन्डक्टर तारको अधिकतम क्षमता ३०० एम्पियर मात्र रहेकाले सोभन्दा बढी विद्युत् प्रवाह गर्न नसक्ने (क्षमताले नधान्ने) प्राविधिक समस्या रहेको केन्द्रले जानकारी दिएको छ ।
हाल माडी क्षेत्रमा गर्मी अत्यधिक रहेको र रोपाइँको समय भए तापनि वर्षा नहुँदा सिँचाइका लागि बिजुलीको प्रयोग बढेर कुल माग ४५० एम्पियरसम्म पुगेकोले लोड व्यवस्थापन गर्न असहज भइरहेको प्राधिकरणले जनाएको छ । यस्तो अवस्थाको दीर्घकालीन समाधानका लागि अघिल्लो आर्थिक वर्षमै बसेनी सबस्टेशनमार्फत वैकल्पिक ३३ के.भी. प्रसारण लाइन निर्माण सुरु गरिसकिएको छ, जुन निर्माणाधीन अवस्थामा छ ।
यसै सन्दर्भमा साउन ११ गतेदेखि लागू हुनेगरी प्राधिकरणले माडी क्षेत्रका विभिन्न फिडरहरूमा दैनिक लोड व्यवस्थापनका लागि विद्युत आपूर्ति समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले ग्राहकवर्गलाई परिरहेको असुविधाप्रति क्षमा प्रकट गर्दै, लोड व्यवस्थापनक्रममा उल्लेखित समयभन्दा अगावै लाइन सुचारु हुने सम्भावना पनि रहेको जानकारी दिएको छ ।
तालिका

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
