
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले प्रवेशमा लगाइएको प्रतिबन्ध मौलिक हक विपरित भएकोले प्रथम दृष्टिमै बदर योग्य भएको टिप्पणी गरेका छन् ।
गुरुङले एमालेको निर्णय संबिधानको धारा १७ विपरित भएको भन्दै पुर्वराष्ट्रपतिलाई पनि नेपालको सँबिधानले नागरिकको रुपमा चिन्ने बताएका छन् ।
उनले भनेका छन्- पुर्वराष्ट्रपति माथि एमाले प्रवेशमा गरिएको प्रतिबन्ध नेपालको संबिधानको मौलिक हकको धारा १७ विपरित रहेको देखिन्छ । किनभने नेपालको संबिधानले पुर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन । नेपाली नागरिकहरुको हकमा मौलिक हक सम्बन्धि धारा १७ ले दलिय स्वतन्त्रता प्रदान गरेको छ । कुनै पनि नेपाली नागरिक लाई दल खोल्ने वा कुनै दलमा प्रवेस गर्ने र दलिय गतिविधि गर्न पाउने स्वतन्त्रता प्रदान गरेको छ । गैरनागरिक भएमा वा राष्ट्रिय स्वाधिनता विपरित कार्य गरेमा मात्र उक्त स्वन्त्रतामा वन्देज लाग्न सक्छ ।’
महासचिव गुरुङले एमालेले गरेको निर्णयमा केवल पुर्वराष्ट्रपति भैसकेको भन्ने मात्र देखिएको उल्लेख गर्दै संबैधानिक पदबाट हटे पछि स्वत: नेपाली नागरिक सरह हुनेमा विमति हुने ठाँउ नदेखिने बताएका छन् । उनले नेपाली नागरिकको मौलिक हकको स्वतन्त्रता नेपाली नागरिक रहेको पुर्वराष्ट्रपतिले उपभोग गर्न नमिल्ने आधार पुष्टि नहुने उनको तर्क छ ।
उनले बिना आधार वन्देज लगाउनु भनेको संविधानको मौलिक हकको स्वतन्त्रताको गम्भिर उलंघन हुन जाने बताउदै निर्वाचन आयोगमा संबिधान अनुसार दर्ता भएका दलहरुले संबिधानको मौलिक हक विपरित कुनै पनि विधान वा नियमावली बनाउन र निर्णय गर्न नमिल्ने जिकिर गरेका छन् ।
Sudina Shrestha
प्रकाशित: ९ श्रावण २०८२, बिहीबार १३:३४
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
