
एजेन्सी । बेइजिङस्थित भारतीय दूतावासले बिहीबार अर्थात् २४ जुलाईबाट भिसा जारी गर्ने काम सुरु हुने जानकारी दिएको छ । भारतले २४ जुलाईदेखि चिनियाँ नागरिकहरूका लागि पर्यटक भिसा सुरु गर्ने भएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको यो निर्णयप्रति खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘भारतले फेरि चिनियाँ पर्यटकहरूलाई भिसा दिनेछ । यो एक सकारात्मक कदम हो । दुई देशबीचको आवागमन धेरै लाभदायक हुनेछ । चीन निरन्तर सम्पर्कमा छ र दुई देशबीचको पर्यटन सुविधा सुधार गर्न भारतसँग वार्ता गरिरहेको छ ।’
सन् २०२० मा गलवानमा भएको घटनापछि दुई देशबीचको सम्बन्धमा धेरै तिक्तता आएको थियो । यसपछि दुवै देशले एकअर्कामाथि धेरै प्रतिबन्ध लगाएका थिए । दुई देशबीचको सम्बन्धमा सुधार आएपछि, जुलाई २०२५ मा पाँच वर्षपछि कैलाश मानसरोवर यात्रा सुरु भयो ।
गत वर्ष अक्टोबरमा रूसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनको क्रममा, प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले पाँच वर्षपछि औपचारिक वार्ता गरेका थिए ।
Sudina Shrestha
प्रकाशित: ९ श्रावण २०८२, बिहीबार ०८:३२
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
