सुनसरी । आफ्नै बुबा ६० वर्षीय सबिब अंसारीको हत्या गरेको अभियोगमा सुनसरीको देवानगंज गाउँपालिका(३ बस्ने ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जग्गाको विषयलाई लिएर बादविवाद हुँदा मोहम्मदले छुरा प्रहार गर्दा सबिब गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मोतिटप्पुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिबको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-24
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
