पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

काठमाडौँ । बंगलादेशले पाकिस्तानविरुद्धको टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न जारी सिरिजको दोस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई ८ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.२ ओभरमा अल आउट हुदै १२५ रन मात्र बनाएको हो । पाकिस्तानका लागि फहीम अशरफले सर्बाधिक ५१ रन बनाए भने पाकिस्तानका शुरुका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

यस अघि बंगलादेशले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा १३३ रन बनाएको थियो । बंगलादेशका लागि जाकर अलीले सर्बाधिक ५५ र माहेदी हसनले ३३ रन बनाएका थिए । यो जितपछि बंगलादेशले ३ खेलको सिरिज एक खेल अघि नै जितेको छ । अब सिरिजको अन्तिम खेल विहिबार हुने छ ।

Sudina Shrestha

प्रकाशित: ८ श्रावण २०८२, बुधबार ०८:४३