काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नआउन नमिल्ने निर्णय गरेको छ । मंगलबार राति केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने निर्णय भएको सुनाएका हुन् ।
अध्यक्ष ओलीले बैठकको निर्णय सुनाउदै भने- ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।’ ओलीले पार्टीको विधानको ८ र ९ मा भएको व्यवस्था उल्लेख गर्दै भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नमिल्ने निर्णय सुनाएको एक केन्द्रीय सदस्यले जानकारी दिएकाछन् ।
निर्णय सुनाउनेक्रममा पार्टी अध्यक्ष ओलीले आफुले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएको बताएका थिए ।
उनले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको सुनाएका थिए । सो निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिवाद गर्दै नोट अफ डिसेन्ट लेख्ने बताएका छन् ।
त्यस्तै सोमबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन सम्बन्धि प्रस्ताव र महासचिव शंकर पोखरेलले पेश गरेको संगठानिक प्रस्तावलाई पारित गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
