
भक्तपुर । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भक्तपुरको सुकुम्बासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध गरेको छ ।
श्रम तथा उत्पादनमा वाईसीएल अभियानको निरन्तरतास्वरुप वाईसीएल नेपालले मंगलबार बिहान मनोहरा सुकुमबासी बस्ती नजिकको मनोहरा नदी किनारमा तटबन्द गरेको जनाएको छ ।
मनोहरा सुकुमबासी बस्तीमा बाढी पसेर दिने सास्ती तथा बस्तीमा हुने डुवान रोक्न अस्थायी तटबन्ध लगाइएको कार्यक्रम रहेको वाईसीएलका अध्यक्ष पुष्प वलीले जानकारी दिएका छन् ।
तटबन्ध लगाउने काममा माओवादी केन्द्रका नेता शक्ति बस्नेत पनि सहभागी भएका थिए । नेता बस्नेतले पार्टीको जनतासँग जोडिने अभियान अन्तर्गत नै वाईसीएल नेपालले आज तटबन्ध गर्न लागेको बताएका थिए ।
Sudina Shrestha
प्रकाशित: ७ श्रावण २०८२, मंगलवार ११:३५
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
