काठमाडौँ । सरकारले बढाएको श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनले असहमति जनाएका छन् ।
विभिन्न सात मजदुर संगठनका नेताहरुले प्रेस विज्ञप्तिमार्फत आफ्नो संगठनको विमति रहेको बताएका छन् । असहमति जाहेर गर्नेमा एकीकृत ट्रड यूनियन महासंघ, नेपालका अध्यक्ष विष्णुप्रसाद लम्साल, समाजवादी ट्रेड यूनियन महासंघ नेपालका अध्यक्ष गोपाल राई, समाजवादी ट्रेड यूनियन महासंघ अर्जुन लम्साल, युवराज बि.क अध्यक्ष, स्वतन्त्र ट्रेड यूनियन महासंघ रहेका छन् ।
यस्तै असहमति जनाउनेमा पेसागत महासंघ नेपालका अध्यक्ष विकास नेपाल,राष्ट्रिय ट्रेड यूनियन महासंघका अध्यक्ष केशबराज अधिकारी, विष्णुप्रसाद पौडेल अध्यक्ष नेपाल समाजवादी ट्रेड युनियन महासंघले संयुक्तरूपमा विज्ञप्ति निकालेर विरोध जनाएका छन् । मजदुर नेताहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, हरेक दुई वर्षमा हुनुपर्ने न्युनतम बेतन वृद्धिमा सत्ताधारी दुईवटा संगठनले सहमति गरेका छन्।
उनीहरुले श्रमिकको पक्षमा नभई मालिकको हित हुने गरि काम गर्नुले श्रमिकको सामान्य खर्च चलाउन पनि नपुग्ने अबस्था छ । हामीले सरकारी तल्लो स्तरको कर्मचारी सो सरह मजदुरको बेतनको माग गरेका हौ। तर सरकारले त्यसको विपरीत महंगी भत्ता भनेर २२ सय पारिश्रमिक वृद्धि गरेकोले मजदुर संगठनलाई मान्य नभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सत्ताधारी संगठनको रबैयाले अन्य संगठनलाई कमजोर र विभाजीत गरि रोजगारदाता कम्पनी बलियो हुने छन्। यस्तो खाले प्रबृतिले श्रमिक बर्ग सधैं चेपुवामा पर्ने देखिन्छ। तसर्थ सम्पूर्ण मजदुर महासंघ एकजुट हुनुको विकल्प नभएको सातै संगठनका अध्यक्षले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
