काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् ।
बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा काठमाडौँको बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतीको आधार- बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् ।
देउवाले बीपीको सिद्धान्त र मूल्य मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको बताउदै भने- ‘राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ । उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो ।’
सभापति देउवाले बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा नै गुज्रिएको उल्लेख गर्दै बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको बताएका थिए ।
सो कार्यक्रममा काँग्रेस नेता डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाश शरण महतलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
