काठमाडौँ । नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकामा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४–० गोल अन्तरले पराजित भएको हो ।
बंगलादेशको जितमा चारै गोल मोसाममात सगोरिकाले गरेकी थिइन् । उनले पहिलो हाफमा एक गोल गरेकी थिइन् भने दोस्रो हाफमा तीन गोल गरेकी थिइन् ।
यो जितसँगै बंगालदेशले साफ यू–२० महिला फुटबल च्याम्पियनसिप जितेको छ । नेपालले यो हारसँगै उपविजेतामा चित्त बुझाएको छ । नेपाल यस प्रतियोगितामा दुवै पटक बंगलादेशसँग पराजित भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-22
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
