काठमाडौँ । बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको एक विद्यालयमा दुर्घटनाग्रस्त भएको छ । बंगलादेशको मिडिया डेली स्टारका अनुसार विद्यालयमा कक्षा चलिरहेको बेला विमान दुर्घटना भएको थियो ।
प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । ६० जना घाइतेहरूलाई बर्न इन्स्टिच्युटमा रिफर गरिएको छ । साथै, सामान्य घाइते भएका २५ जनाको उत्तरा मेडिकल कलेजमा उपचार भइरहेको डेली स्टारले उल्लेख गरेको छ ।
बंगलादेशी सेनाले दुर्घटनामा वायुसेनाको एफ-७ बिजीआई विमान दुर्घटना भएको जानकारी दिएको छ।
अहिले राहत र उद्धारको काम भइरहेको र राहत र उद्धार कार्यका लागि सीमा रक्षक बंगलादेशका दुई टोलीहरू खटाइएको बंगलादेशको सेनाले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
