
काठमाडौँ । नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २१.७६ अंकले बढेर २८९२. ७२ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज थ्री स्टार हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर ९.४० प्रतिशतले बढेको छ ।
त्यसैगरी आज ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने करोपोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य ९.९६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ७५ करोड ६६ लाख र हिमालयन रिइन्सुरेन्सको ७५ करोड २८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
pratikshya
प्रकाशित: ६ श्रावण २०८२, सोमबार १५:४१
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
