
काठमाडौँ । भारतीय अलराउण्डर नितिश कुमार रेड्डी इङल्याण्डविरुद्धका बाँकी दुई टेस्टबाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले चोटका कारण नितिश बाँकी दुई टेस्टबाट बाहिरिएको जानकारी दिएको छ ।
नितिशले इङल्याण्डविरुद्धका लर्डस र बिर्मीङहम टेस्ट खेलेका थिए । उनले लर्डस टेस्टमा ३ विकेट लिएका थिए भने दुवै टेस्टका चार इनिंगमा कुल ४५ रन मात्र बनाएका थिए ।
त्यस्तै तिब्र गतिका बलर अर्शदीप सिंह म्यानचेस्टरमा विहिबारदेखि हुने इङल्याण्डविरुद्धको चौथो टेस्टबाट बाहिरिएका छन् । प्रशिक्षण सत्रमा नेटमा बलिङ गर्दा उनको देब्रे औंलामा चोट लागेको थियो । त्यस्तै बोर्डले अंशुल कम्बोजलाई टोलीमा थपेको छ । कम्बोज म्यानचेस्टरमा टोलीमा सामेल भएका छन् ।
भारतीय टिमलाई चोटले प्रभाव पार्ने देखिएको छ । विकेटकिपर ब्याट्सम्यान ऋषव पन्त र तिब्र गतिका बलर आकाशदीप पनि चोटका कारण चौथो टेस्ट खेल्ने बारे अन्योल रहेको बताइएको छ ।
५ खेलको टेस्ट सिरिजमा इङल्याण्ड हाल २-१ ले अगाडी रहेको छ ।
Sudina Shrestha
प्रकाशित: ६ श्रावण २०८२, सोमबार १३:२४
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
