
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पत्रकारलाई बाहिर सडकमै रोकिएको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकस्थलमा जानबाट सञ्चारकर्मीलाई रोकिएको हो ।
सुरक्षाको कारण देखाउँदै बैठकस्थलमा सञ्चारकर्मीहरूलाई जान रोकिएको बताइएको छ । यस अघि हलसम्म तस्बीर लिन दिइने गरेकोमा यस पटक रोकिएपछि सञ्चारकर्मीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
सडकको भित्तामा ‘पत्रकार’ भन्ने कागज टाँस गरेको देखेपछि सञ्चारकर्मीहरुले आपत्ति जनाएका छन् ।
Sudina Shrestha
प्रकाशित: ६ श्रावण २०८२, सोमबार १३:१६
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
