काठमाडौँ । भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन भन्दै व्यंग्य गरेका छन् ।
नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले ७० बर्षे प्रावधान हटाउने प्रस्ताव पेश गर्दै यो राख्ने हो भने आफु १४ बर्ष जेल बसेको समय घटाउनु पर्ने भन्दै ठट्टा गरेको विषयमा रावलले टिप्पणी गरेका हुन् ।
रावलले ओलीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन कार्यदल गठन गर्ने कि ? भन्दै व्यंग्य गरेका छन् ।
उनले भनेका छन्-
एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेश भएछ । केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-21
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
