काठमाडौं । धनगढीमा गएराति भीषण आगलागी हुँदा आठ वटा सटरमा क्षति पुगेको छ । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पु¥याएको हो ।
हेलेन ट्रेड एण्ड सप्लायर्स अन्तर्गत विश्वप्रकाश कँडेलले सञ्चालन गरेको चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन सटर र सेन्टर प्वाइन्ट रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
आइतबार राति करिब १०ः ४५ बजे सुरु भएको आगलागी राति १२ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आगो निभाउन धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल प्रयोग गरिएको थियो । स्थानीय बासिन्दाहरु र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो ।
आगलागीका कारण सटरभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन् । घटनाको थप विवरण र क्षतिको मूल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-21
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
