
काठमाडौं । धनगढीमा गएराति भीषण आगलागी हुँदा आठ वटा सटरमा क्षति पुगेको छ । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पु¥याएको हो ।
हेलेन ट्रेड एण्ड सप्लायर्स अन्तर्गत विश्वप्रकाश कँडेलले सञ्चालन गरेको चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन सटर र सेन्टर प्वाइन्ट रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
आइतबार राति करिब १०ः ४५ बजे सुरु भएको आगलागी राति १२ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आगो निभाउन धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल प्रयोग गरिएको थियो । स्थानीय बासिन्दाहरु र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो ।
आगलागीका कारण सटरभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन् । घटनाको थप विवरण र क्षतिको मूल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ६ श्रावण २०८२, सोमबार ११:५७
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
