काठमाडौं । साउन महिनाको पहिलो सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ । भक्तजनका लागि आज बिहानैदेखि चारवटै ढोका खुला गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटका अनुसार दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।
साउन महिनामा विशेष पूजाका लागि सात हजार ५०० रुपैयाँ भन्दा कमको टिकट नकाट्ने कोषले जनाएको छ । कोषले यो वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ ।
चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने छ । यो सेवा साउनका चारवटै सोमबार निरन्तर रहने कोषले जनाएको छ । त्यस्तै भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-21
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
