काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित संशोधनलाई आपत्तिजनक भन्दै कडा आलोचना गरेका छन् ।
उनले यो कदम गठबन्धनको सहमति र समितिमा भएको सर्वसम्मत निर्णयको उल्लङ्घन भएको बताएका छन् । कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो ।’
उनले नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने र सबै मिलेर एमालेले हालेको संशोधन पास हुन नदिनुपर्नेमा जोड दिएका छन् । ‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ,’ कोइरालाले भनेका छन्, ‘कोही दुविधामा नपरे हुन्छ ।’
बहुचर्चित सङ्घीय निजामती सेवा विधेयकमा नेकपा एमाले राष्ट्रिय सभाका ५ जना सांसदले कुलिङ पिरियडको विपक्षमा संशोधन हालेका छन् । उनीहरूले निजामती सेवामा कुलिङ पिरियड लागु गर्ने प्रावधान नराखी ऐन बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
एमाले राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला र सुमित्रा बिसीले संशोधन प्रस्ताव हालेका हुन् । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा एमालेका ५ सहित १६ ओटा संशोधन प्रस्ताव परेका छन् ।
राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले ४३ सांसदले १६ संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिएको हो । सांसदहरूलाई संशोधन हाल्ने समय शुक्रवार ५ बजेसम्म थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
