मोहन बैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे चासो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन बैद्यको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

पछिल्लो केहि महिनादेखि अस्वस्थ रहेका वैद्यलाई प्रचण्डले उनकै निवास पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् ।  

प्रचण्डले बैद्यको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको बताउदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

Sudina Shrestha

प्रकाशित: ५ श्रावण २०८२, आईतवार १३:१६