मप्रति अध्यक्ष लिङदेनले अन्याय गरेकाले आयोगमा आए- मुकुन्दश्याम गिरी

काठमाडौँ । राप्रपाको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट हटाइएका मुकुन्दश्याम गिरीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान विपरित पदमुक्त गरेको आरोप लगाउदै आइतबार गिरीले आयोगमा निवेदन दिएका हुन् ।

उनले पार्टीको विधान विपरित अध्यक्षले आफुलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेकोले त्यसबाट आफुलाई अन्याय भएको र आफ्नो जीवनभरीको पार्टीप्रतिको योगदानको अवमुल्यन भएको भन्दै आयोगमा निवेदन दिएको बताएका छन् ।  

उनले मलाई अन्याय भएको, विधानत प्रक्रिया नमिलेकाले अध्यक्षले यसलाई सुधार्नुपर्ने बताए । विधान अनुसार अध्यक्षले एकलौटी ढंगले गर्न नमिल्ने दाबि गर्दै  केन्द्रिय समितिले अनुमोदन नगरी पदाधिकारीलाई हटाउन नमिल्ने गिरीले दाबि गरे । उनले पार्टी भित्र देखिएका असमझदारी नमिलेसम्म पार्टीमा एकता हुन नसक्ने भन्दै उनले अध्यक्षले स्वेच्छाचारी ढंगले पार्टी चलाइरहेको बताए ।  

आयोगमा गिरीसँगै महामन्त्री डा. धवलशमशेर राणा लगायतका नेताहरु उपस्थित रहेका थिए ।

Sudina Shrestha

प्रकाशित: ५ श्रावण २०८२, आईतवार १२:२६