काठमाडौँ । राप्रपाको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट हटाइएका मुकुन्दश्याम गिरीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान विपरित पदमुक्त गरेको आरोप लगाउदै आइतबार गिरीले आयोगमा निवेदन दिएका हुन् ।
उनले पार्टीको विधान विपरित अध्यक्षले आफुलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेकोले त्यसबाट आफुलाई अन्याय भएको र आफ्नो जीवनभरीको पार्टीप्रतिको योगदानको अवमुल्यन भएको भन्दै आयोगमा निवेदन दिएको बताएका छन् ।
उनले मलाई अन्याय भएको, विधानत प्रक्रिया नमिलेकाले अध्यक्षले यसलाई सुधार्नुपर्ने बताए । विधान अनुसार अध्यक्षले एकलौटी ढंगले गर्न नमिल्ने दाबि गर्दै केन्द्रिय समितिले अनुमोदन नगरी पदाधिकारीलाई हटाउन नमिल्ने गिरीले दाबि गरे । उनले पार्टी भित्र देखिएका असमझदारी नमिलेसम्म पार्टीमा एकता हुन नसक्ने भन्दै उनले अध्यक्षले स्वेच्छाचारी ढंगले पार्टी चलाइरहेको बताए ।
आयोगमा गिरीसँगै महामन्त्री डा. धवलशमशेर राणा लगायतका नेताहरु उपस्थित रहेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
