काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठकले केन्द्रीय सचिवालयले प्रस्तुत गरेको विधान सम्बन्धि प्रस्तावलाई सर्बसम्मत पारित गरेको छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबारदेखि बसेको बैठकले पार्टीमा दुई किसिमको सदस्यता हुनुपर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको नयाँ विधानमा प्राप्त केहि सुझावहरुलाई ग्रहण गर्दै सर्वसम्मत स्वीकृत गरेको गौतमले बताए ।
त्यस्तै विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनको विषयमा छलफल भएको र अधिकांश सदस्यले पुर्वराष्ट्रपति भण्डारीको पुनरागमन गम्भीर विषय भएकोले पार्टीले बृहत छलफल गरेर छिटो निष्कर्षमा पुग्न सुझाव दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । गौतमले भण्डारीको सदस्यता नवीकरण बारे पनि छलफल भएको बताउदै पार्टीको विधानको धारा ८ र ९ आकर्षित भएको र विधानको व्यवस्था बारे छलफल भइरहेको र उचित समयमा निर्णय लिने गौतमले बताए । गौतमले भण्डारीको सदस्यता हाल जुन अवस्थामा छ त्यहि अवस्थामा पार्टीले निर्णय नलिएसम्म निलम्बित रहेको समेत बताए ।
गौतमले भण्डारीलाई राजनीतिमा आउन रोक्ने भन्ने हल्ला चलाइएको भन्दै यो प्रणाली र गणतन्त्र व्यवस्थासँग जोडिएको राजनीतिक विषय भएकोले पार्टीले विशेष निर्णय गर्ने बताए ।
शुक्रबार शुरु भएको पोलिटव्यूरो बैठकले पेश गरिएका प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
