ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ ।
उनको शनिबार ८९ वर्षको उमेरमा निधन भएको हो । बज्राचार्य २०५४ सालमा नेकपा एमालेबाट तत्कालिन ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
२०२७ सालमा नगर पञ्चायतको वडाध्यक्ष भएका उनी २०३२ सालमा ललितपुर नगर पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए । बज्राचार्य २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री भएका थिए ।
उनको निधनमा महानगरपालिकाले आइतबार महानगरभित्र सार्वजनिक बिदा दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
